कीर्तिपुर १ मा कांग्रेस बिजयी


काठमाडौँ । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् ।
उनी ५६२ मतसहित विजयी भएका हुन् ।
नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सरल गोपाल महर्जनले १७३ मत प्राप्त गरेका छन् ।
२०७९ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसले नै जितेको थियो ।