Ad Image

गढीमाई नगरपालिकामा नेकपा एसले खाता खोल्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733114947.jpeg

रौतहट । रौतहटमा नेकपा एकीकृत समाजवादीले पनि खाता खोलेको छ ।

रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् ।

यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन् ।

कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहे ।