Ad Image

रामगोपालपुर र सिरीजङ्घामा एमाले, तेह्रथुम र ईशनाथमा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733115631.jpeg

काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा एमालेका कुमारी साउदेन विजयी भएका छन् ।

 

उनी ३५३ मत प्राप्त गरेर विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी  नेकपा माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरे । यसअघि २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका थिए ।

 

महोत्तरीको मा रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा  एमालेका सकिबुल खाँले ६३१ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रकी आइतीकुमारी यादवले ५३४ मत प्राप्त पाए ।  

 

ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । उनी ६२७ मत प्राप्त गरी विजयी भए । एमालेका उम्मेदवार शेख अनवरले ५७५ मत प्राप्त गरे ।

 

उता, तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । उनले ४९० मत पाए । लिम्बुका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धबहादुर लिम्बुले ३६०  मत प्राप्त गरे  ।

 

 राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६,  राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले ४, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले ४ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले २ मत प्राप्त गरे ।

 

धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका  छन् । केवटले ६८४ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका अशोककुमार मण्डलले ६०२  मत प्राप्त गरे ।

 

 जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९, एमालेका प्रमोद यादवले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५,  राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत पाए ।