Ad Image

बेलका नगरपालिकामा ४४ प्रतिशत मत बदर भएपछि मतगणना रोकियो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733115810.jpeg

उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ मा गणना गरेकोमध्ये ४४ प्रतिशत मत बदर भएपछि मतगणना नै रोकिएको छ ।

 

 ५०० मतगणना गर्दा २२० मत बदर भएपछि मतगणना नै रोकिएको हो ।

 

अत्यधिक मत बदर भएपछि रोकिएको मतगणना कार्यलाई सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

 

३ हजार १६७ मतदाता रहेको यस वडामा १ हजार ८८५ मत खसेको थियो । गणना भएअनुसार नेकपा एमालेका मोहन खड्काले ८५, माओवादी केन्द्रका भरत घिमिरेले ८० र कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् ।