Ad Image

कीर्तिपुरमा कांग्रेस विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733153507.jpg

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मतसहित विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यस्तै माओवादीका शिवशरण महर्जन ४ हजार ५५५ मत सहित दोस्रो भएका छन् । एमालेका सुरेन्द्र मानन्धर ४ हजार ३३७ मत सहित तेस्रो भएका छन् ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।

माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।