Ad Image

धरानमा बिलविजक नभएको रुद्राक्षको दाना बरामद, करिब ७ लाख पर्ने अनुमान

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733208998.jpg

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले  बरामद गरेको छ ।

 

धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शङ्का लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ के‍‍.जी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो ।

 

बरामद रुद्राक्षको दाना आवश्यक कारबाहीको लागि राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको  छ ।