Ad Image

एनपीएलमा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733209088.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीले जनाएकाे छ ।

सीआइबीका अनुसार हिजो पक्राउ परेका दुई जना भारतीय हुन् भने आज पक्राउ परेका दुई जनाकाे विषयमा बुझ्न बाँकी नै रहेकाे छ । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।