Ad Image

सौतनी बुबाबाट बालबालिका असुरक्षित, काठमाडौँ महानगरद्वारा ३ बालबालिकाको उद्धार

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733297622.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सौतनी बुबाबाट असुरक्षित भएका तीन बालबालिकाको उद्धार गरेको छ । 

 

घरमा सौतनी बुबाबाट बालबालिका असुरक्षित रहेको सूचना पाएपछि महानगरले उनीहरुको उद्धार गरेको हो ।

 

महानगरको बाल उद्धार कार्यदल,बालबालिका खोजतलास सेवा र बाल हेल्पलाइनसहितको संयुक्त टोलीले कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका र उनका ७ र ९ वर्षका भाइहरूको  उद्धार गरेको हो ।

 

उद्धार गरिएका बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको महानगरले जनाएको छ । साथै, बालबालिकामाथि हिंसा गरेको आरोपमा उनीहरुका सौतनी बुबालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

 

पक्राउ परेका सौतनी बुबालाई प्रहरी वृत्त वौद्धले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको छ ।