Ad Image

एनपीएलः टस जितेर ब्याटिङ गर्दै लुम्बिनी,बलिङमा पोखरा एभेन्जर्स

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733470806.jpg

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा टस जितेर लुम्बिनी लायन्सले पोखराविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ ।

 

लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनी र पोखरा दुवै टोली पहिलो जितको खोजीमा छन् ।


लुम्बिनीको टिममा दुई परिवर्तन भएको छ । बेन कटिङ र अर्जुन साउदको स्थानमा उन्मुक्त चन्द र दिनेश अधिकारी पहिलो रोजाइमा खेलेका छन् ।

 

पोखराले लगातार दुई खेल हारिसककेो छ भने लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।

 

यसअघि बिहान भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको थियो ।