गढीमाई मेला बारामा, सार्वजनिक बिदा रौतहटमा


काठमाडौँ । रौतहटको गुजरा नगरपालिकाले बारा जिल्लामा लागेको गढीमाई मेला सफल पार्न भन्दै एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गढीमाई मेलालाई सफल पार्न, पर्यटकीय सांस्कृतिक विकास र प्रवर्द्धन गर्न आउँदो सोमबार (मंसिर २४) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गुजरान नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र शैक्षिक संस्थाहरुमा मंसिर २४ गते सोमबारका दिन स्थानीय सार्वजनिक बिदा दिइएको मेयर सन्तलाल चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विश्व प्रसिद्ध श्री गढीमाई पन्चवर्षिय मेला २०८१ लाई सफल पार्न, पर्यटकीय सांस्कृत्ति विकास प्रवर्द्धन गर्न तथा सामाजिक सांस्कृतिक अमन चयन कायम गर्नका लागि यस कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र शैक्षिक संस्थाहरुमा मिति २०८१/०८/२४ गते सोमबारका दिन स्थानीय सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।