Ad Image

पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टो एक्लैले लिए ६ विकेट

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733823416.jpg

काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ । कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएका छन ।

 

टी-यू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो ।


पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।

 

कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले  समान एक/एक विकेट लिए ।


पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।