घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो


काठमाडौँ । मंगलबार पनि सेयर बजार (नेप्से) घटेको छ । सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार ६.३२ अंकले घटेको हो ।
मंगलबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १४८ कम्पनीको मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकमका हिसाबले मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको १८ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढ्यो । त्यस्तै बढी कारोबार भएको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको मूल्य ९.९० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र एसबीआई बैंक क्रमशः अगाडि रहे ।