Ad Image

सुदूरपश्चिमले जित्यो टस, पहिले ब्याटिङ गर्दै कर्णाली

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734324424.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुने लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । टस जितेसँगै सुदूरपश्चिमले फिल्डिङ गर्ने निर्णय लिँदै कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ ।

 

यसअघि यी दुवै टोलीले ६र६ खेल खेलेकामा सुदूरपश्चिमकले ५ र कर्णालीले ४ जित निकालेको छ । सुदूरपश्चिम यसअघि नै प्लेअफमा पुगिसकेको छ । उता कर्णालीको भने प्लेअफ यात्रा अझै तय भइसकेको छैन । जनपुर सबैभन्दा पहिले प्लेअफमा पुगेको थियो भने चितवन पनि लगभग प्लेअफमा पुगिसकेको छ ।

 

उता काठमाडौंलाई भने आजको खेलको नतिजा प्रतिक्षा हुनेछ । आजको खेल कर्णालीले जिते सुदूरपश्चिम, जनकपुर, चितवनसँगै कर्णाली प्लेअफमा पुग्ने छ । तर, सुदूरपश्चिमले जितेमा भने काठमाडौंको केही आस हुनेछ । यदि सुदूरपश्चिमले फराकिलो अन्तरले जित दर्ता गर्‍यो र रनरेटका आधारमा कर्णाली पछि पर्‍यो भने काठमाडौं प्लेअफमा पुग्ने देखिन्छ ।