Ad Image

आज राष्ट्रिय झण्डा दिवस, विभिन्न कार्यक्रम गरी मनाइयो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734324933.png

काठमाडौँ । संयुक्त संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (सोमबार) सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।


हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ ।

 

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्र नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए ।