Ad Image

काठमाडौं महानगरले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई गरायो १५ हजार जरिवाना

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734864452.jpg

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।


महानगरपालिकाको ४ नम्बर वडाको सडक पेटीमा फोहोर पानी फालेको भन्दै निरज न्यौपानेलाई जरिवाना गरेको हो ।

 

काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ ।


पछिल्लो समय जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्ने लगायत कुरामा महानगर प्रहरीले निगरानी गर्दै आएको छ ।