Ad Image

पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा प्रजाको मृत्यु

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734864710.jpg

मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ ।

 

स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आज ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

 
सोही गाउँपालिका–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।