Ad Image

कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735133634.jpg

काठमाडौं । कजाकस्तानमा यात्रुवाहक विमान दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ । बुधबार अक्ताउ सहरमा भएको विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । दुर्घट्नामा दुई बच्चासहित २९ जनाको उद्धार गरिएको र तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले जानकारी दिएका छन् ।  

बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।

उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।