Ad Image

धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1734614863.jpg

जनकपुरधाम । धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला नगरपालिका ३ हरिपुरका स्थानीय ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरेको आरोपमा दशैया मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मुखियाले श्रीमती रेशमीको हत्या गरी शौचालयको पछाडि गाडेका थिए । बुधवार राति मुखियाको बुहारीले सशुराको गतिविधि शंकास्पद लागेपछि घट्नाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रीमतीलाई मारेको र शव गाडेको बयान दिएका थिए ।

उनको बयानको आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलीले राति नै शव उत्खनन गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ । घरायसी विवादपछि मुखियाले मदिरा खाएर श्रीमतीको हत्या गरेको ईप्रका सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनु साहले  जानकारी दिए । घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।