Ad Image

माओवादीले बोलायो पदाधिकारी बैठक, अखिल क्रान्तिकारीको मतदान विवाद विषयमा छलफल हुने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735456317.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको छ ।


आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक राखिएको छ । नेताहरूका अनुसार उक्त बैठकले अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने विषयमा भएको मतगणनामा विवाद भएको छ ।


कुल दुई हजार ४२८ मध्ये एक हजार ८ सय मत खसेको र त्यसको मतगणना लगभग सकिएको नेताहरू बताउँछन् । ३२ वर्षे उमेर हद राख्नुपर्ने र राख्न नहुने पक्षमा जम्मा पाँच मतको अन्तर रहेको छ ।


यही बेला मतगणनामा विवाद भएपछि मतगणना नै रोकिएको छ । यो विषयमा कुरा नमिलेपछि पार्टीको पदाधिकारी बैठक नै बसेर छलफल गर्न लागिएको हो ।


तर, माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय आगामी केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागिएको बताउँछन् ।


माओवादीको केन्द्रीय समितिको बैठक यही पुस २१ गते बस्दैछ ।