Ad Image

सामूहिक बलात्कार आरोपमा काठमाडौँ सेतोपुलबाट दुई जना पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735456830.jpeg

काठमाडौँ । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।


पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् ।


घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।