सुशीला अधिकारी बनिन् नागार्जुन नगरपालिकाको कार्यवाहक मेयर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेसँगै उपमेयर सुशीला अधिकारीले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन् ।
अख्तियारले आइतबार बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै उनी मेयर पदबाट निलम्बनमा परेका छन् । त्यसपछि उपमेयरले स्वतः कार्यवाहक मेयरको जिम्मेवारी पाएकी हुन् ।
निलम्बित मेयर बस्नेतविरुद्ध २२ करोडभन्दा बढी बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । बस्नेत नेपाली कांग्रेसबाट दोस्रो पटक मेयरका लागि निर्वाचित भएका थिए ।