Ad Image

अमेरिकामा जागिरको अन्तिम दिन न्यायाधीसले गरे अदालतमै आत्महत्या

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735790003.jpg

काठमाडौं । अमेरिकाको जर्जियामा एक न्यायाधीशले अदालतमै आत्महत्या गरेका छन् ।  ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेलले इफिंगम काउन्टी राज्य अदालत भित्र आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनलाइ अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए ।  

घट्नाबारे अनुसन्धान गरेको प्रहरीका अनुसार येकेलले गभर्नरलाई पत्र लेखेर पदबाट राजीनामा दिन खोजेको अनुसन्धानबाट खुलेको छ । पत्रमा येकेलले डिसेम्बर ३० देखि लागू हुने गरी राजीनामा दिने तयारी गरेका थिए ।

मृत फेला परेका न्यायाधीश येकेललाई २०२२ मा राज्य अदालतमा नियुक्त गरिएको थियो। प्राप्त जानकारी अनुसार उनले भर्खरै आफ्नो पदबाट राजीनामा दिने प्रयास गरेका थिए तर जर्जियाका गभर्नर ब्रायन केम्पले सो प्रस्ताव अस्वीकार गरेका थिए।

न्यायाधीश स्टीफन येकेलले अदालतको कर्मचारी लिसा क्रफोर्डको मुद्दा पनि सामना गरिरहेका थिए, जसले येकेललाई गलत तरिकाले आफ्नो पदबाट बर्खास्त गरेको दाबी गरिएको थिया  । येकेलले पदभार ग्रहण गर्दा आफ्नै कर्मचारी ल्याउने गरी कर्मचारीलाई पदबाट हटाएको आरोप लागेको थियो । सायद, यो घटनाले उनलाइ चोट पुराएको हुन सक्छ भन्ने प्रारम्भिक अनुमान गरिएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।