Ad Image

भन्सार छलेर सामान ल्याउने पिकअप भ्यानसहित चालक पक्राउ

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735790874.jpg

रौतहट । लाखौं मूल्य बराबरको अवैध किराना सामान लोड गरेको नेपाली नम्बरको पिकअप भ्यानसहित चालकलाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चालक गौर नगरपालिका ८ का दिनेश राउत बरै रहेका छन् ।

सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चिनी, मैदा, धनिँया, रिफाईन तेल, सेवई र सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिकअप भ्यान प्रहरीले बरामद गरेको हो।

गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अवैध सामानसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दीपक कुमार रायले बताए ।  

बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी चालक बरैसमेत आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जानकारी गराएको छ ।