Ad Image

अब देखी सरकारी कर्मचारी र पदाधिकारीले स्वदेशी उत्पादन लगाउनुपर्ने, कस्तो बन्यो कार्यविधि ?

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735808809.jpg

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा कार्यरत कर्मचारी र पदाधिकारीले अनिवार्य रुपमा स्वदेशमै उत्पादन भएका बस्तुको प्रयोग गर्नुपर्ने नियम बनाइदिएको छ ।

 

सरकारले एउटा कार्यविधि बनाउँदै सार्वजनिक निकायले विभिन्न सार्वजनिक कार्यक्रम गर्दा, कार्यालयमा सामाग्री र खाद्यबस्तु प्रयोग गर्दा सम्भव भएसम्म नेपाली स्थानीय उत्पादन मात्रै प्रयोग गर्नुपर्ने भनेको हो ।

 

स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्धन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो कार्यविधि बनाएको बताएको छ ।

 

कार्यविधिलाई ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ नाम दिइएको छ । यो निर्देशिका अनुसार  सार्वजनिक निकायमा कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ स्वदेशमा उत्पादित वस्तु नै प्रयोग गरिनु पर्नेछ ।

 

निर्देशिका कार्यान्वयनका लागि सरकारले एएटा स्वदेशी उत्पादनसँग जोडेर डिजिटल पोर्टल बनाउने छ । यो पोर्टलमा स्थानीय सामग्री उत्पादकले उत्पादित सामग्रीको सूची, मूल्य, उत्पादनको कानुनी डकुमेन्ट लगायतका जानकारी राख्नुपर्नेछ ।

 

यसकै आधारमा सार्वजनिक निकाय, कर्मचारी र पदाधिकारीले स्वदेशी सामाना उपयोग गर्नुपर्नेछ । यसरी उपयोग गर्दा स्वदेशमै बनेका जुत्तादेखि लिएर हेलमेटसम्म प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

 

निर्देशिका दूध वा दूधजन्य पदार्थ, अण्डा, माछामासु, प्रशोधित तेल, वनस्पति घ्यु, चिया, कफी, अलैँची, अदुवा, मसलाजन्य पदार्थ, सबै प्रकारका फलफूल र जुस, मिनिरल वाटर प्रशोधित पिउने पानी स्थानयि उत्पादन  नै प्रयोग गर्नुपर्ने भनिएको छ ।

 

सातु, पीठो, लिटो, बिस्कुट, विशेष गुणयुक्त बिस्कुट, मह देखि स्टेसनरी, कार्यालय सामान, छपाइसम्बन्धी वस्तु वा सामग्री पनि स्वदेशी उत्पादन मात्रै प्रयोग गर्नु पर्ने भनिएको छ ।

 

विभिन्न गोष्ठी सेमिनार, कार्यक्रमा आवश्यक पर्ने वस्तु ब्याग, दोसल्ला, सलजस्ता सामग्रीमा स्वदेशी उत्पादन प्रयोग गर्नु पर्नेछ भने तयारी पोसाकसँग सम्बन्धित वस्तु र कोसेली तथा उपहार सामग्री पनि स्थानीय कच्चा पदार्थबाट निर्मित कपडा प्रयोग गर्नुपर्ने उल्लेख छ ।  

 

ऊन, जुटबाट निर्मित वस्तु तथा सामग्री, ढाका तथा ढाकाजन्य सामान, पस्मिनाका उत्पादन, सार्वजनिक निकायका कर्मचारी तथा पदाधिकारीलाई तोकिएको पोसाक तथा टोपी जुत्ता, पेटी, काठबाट निर्मित फर्निचर, प्लाइउड, बेत तथा बाँसबाट निर्मित सामान, अम्रिसो तथा नियालोबाट तयार भएका सामान, गलैँचा कार्पेट, तौलिया, तन्ना, पर्दा, मेट्रेस, रोल, पटेर, फोम सिरानीलगायत अन्य फर्निसिङका सामाग्री टेबुलपोस वा म्याट, गमला, मैनबत्ती, अगरबत्ती दुना–टपरी फूलमाला फूल तथा अन्य बोटबिरुवा पनि स्वदेशी उत्पादन हुनुपर्ने छ भनिएको छ ।