Ad Image

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735813361.jpg

काठमाडौँ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।

 

यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।


पुस ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसै गरी पुस ५ गते बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ३ गते बझाङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।