Ad Image

काठमाडौँ महानगरले आजदेखि राखेको तालिममा शिक्षकहरू सहभागी नहुने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736143157.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट सुरु गरेको शिक्षकहरुको तालिममा शिक्षकहरुले सहभागिता नजनाउने भएका छन् ।

 

महानगरपालिकाले जाडो बिदाको वेला पारेर तालिम राखेको र अधिकांश शिक्षकहरु घर फर्किसकेको भन्दै सामुदायिक विद्यालयका प्रधानअध्यापक र शिक्षक महासंघले तालिममा सहभागी नहुने निर्णय गरेको हो ।

 

महानगरले भने छोटो समय राखेर सूचना निकालेको स्वीकार गर्दै शिक्षकहरु सहभागी भए तालिम हुने नत्र नहुने बताएको छ ।

 

नेपाल शिक्षक महासंघ काठमाडौँ महानगर समितिले विज्ञप्ति नै निकालेर तालिममा सहभागी नहुने बताएको छ । उसले जाडो बिदा, छोटो सूचना, एसइईको तयारी जस्ता कारण देखाएर तामिलमा सहभागी नहुने बताएको हो । महानगरले पुस २१ देखि माघ ८ गतेसम्म विभिन्न विषयका लागि तालिम राखेको थियो ।