Ad Image

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि डाइभर्ट गरी काठमाडौं अवतरण

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736144628.jpg

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

 

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन/एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो  । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।

 

विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

 

बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।

 

काठमाडौंबाट १० : ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।