Ad Image

माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736171125.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि १८० जनाले बोल्नका लागि नाम टिपाएकोका थिए । आज ८० जनाले बोलिसकेको प्रचण्डको सचिवालयले जनाएको छ। बाँकीले मंगलबार बोल्ने र प्रतिवेदनउपर बोल्ने क्रम सकिएपछि प्रचण्डले जवाफ दिने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यसपछि आगामी कार्य योजना पास गर्दै र कार्य विभाजनलगायत विषयमा निर्णय गर्दै माओवादीको केन्द्रीय समितिको बैठक सकिनेछ ।