Ad Image

एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736172014.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले भोलि मङ्गलबार पनि बैठक हुने भएको छ ।

आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र  महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ ।