Ad Image

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1734872571.jpg

पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीवार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।

शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेनन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनीमाथि मुद्दा परेकाले काठमाडौं अदालतमा हाजिर हुन लागेका हुन्। 

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उक्त सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।