Ad Image

काठमाडौँ महानगरले राख्यो दमकल नजाने गल्लीमा फायर फाइटिङ पाइपलाइन

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736762382.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दमक नछिर्न नसक्ने साघुँरा गल्लीमा फायर फाइटिङ पाइपलाइन (ड्राइ राइजर) जोड्न कार्यलाई निरन्तरता दिएको छ ।
 

सोमबार काठमाडौँ महानगरले महानगरपालिका–७ मा फायर फाइटिङ पाइपलाइनको सफल परीक्षण गरेको महानगरले यसअघि वडा नं. १२, ३, ६, १५ मा राखिसकेको छ ।


काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभागअन्तर्गतको बजेटहरूबाट फायर फाइटिङ पाइपलाइन जडान गरेको हो ।


‘विभिन्न वडाहरूमा जहाँ दमकल जान सक्दैन । जसले आगलागी हुँदाखेरी आगो निभाउका निम्ती पानीको अत्यन्त आवश्यक हुन्छ । पानी निकाल्नको निम्ति ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ,’ महानगर प्रहरी इन्सपेक्टर ध्रुवकुमार भुजेलले बताए ।