Ad Image

साताको दास्रो दिन घट्यो सेयर बजार

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736762725.jpg

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेको छ । २६१० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घट्दै २५९४ बिन्दुमा पुगेको हो ।


सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ । यसमध्ये आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो । ६३ कम्पनीको मूल्य बढ्दा बाराही हाइड्रोपावरको मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।


सोमबार कुल ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार बढी भयो । यो कम्पनीको कुल ४५ करोड २५ लाखको कारोबार भएको छ । सोमबार नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।