Ad Image

खुला बाँसुरी बाजा प्रतियोगिता गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736907901.jpg

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खुला बाँसुरी बाजा प्रतियोगिता गर्ने भएको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै बाँसुरी बाजा प्रतियोगितामा सहभागी हुन चाहनाले माघ १० गतेभित्र निवेदन दिन आह्वान गरेको हो । 

आउँदो फागुन १५ गतेदेखि दुई दिन हुने बाँस सम्मेलनको पूर्वतयारी स्वरुप खुला बाँसुरी बाजा प्रतियोगिता गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले जानकारी दिए । प्रतियोगिताका विजेताले १० हजार, द्वितीयले ७ हजार, तृत्तीयले ५ हजार र सान्त्वनाले ३ हजार नगद पुरस्कार पाउनेछन् ।