पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको आव्हानमा संसदीय दलको कार्यसमिति र पार्टीबाट केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेको अनुसार बैठक आज बिहान ८ः०० बजे बस्नेछ । सो क्रममा बैठकमा दलबाट ओली सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्रीको पनि ब्रिफिङ सुन्ने तयारी छ ।
बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री÷राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी हुने जनाइएको छ ।