Ad Image

दुई संसदीय समितिको बैठक बस्दै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735446014.jpg

काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल गरिनेछ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने विश्व जलवायु सम्मेलन ९कोप २९०  को समीक्षा र नेपालको आगामी कार्यदिशा बारेमा छलफल गरिनेछ । बैठक बिहान ११ः३० बजेबाट सुरू हुने समितिले जनाएको छ ।