Ad Image

डोटीको आदर्श गाउँपालिकामा विहेको भोज खाएका ९० जना बिरामी

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737300918.jpg

डोटी । डोटीमा बिहेको भोज खाएका ९० जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरु बिरामी भएका हुन्। जिल्ला प्रहरी कार्यालय, डोटीले शनिबार दुलही पक्षका व्यक्तिहरूले सुजीको हलुवालगायतका खानाका परिकार खाँदा उनीहरू बिरामी भएको जनाएको छ।

शुक्रवार साँझ भोज खाएकाहरूमा ज्वरो आउने, बान्ता हुने, रिङटा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको छ । बिरामीहरूमा अधिकांशलाई उपचार पश्चात् घर पठाइएको र केहीको उपचार जारी रहेको बताइएको छ ।

उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचारका लागि लगिएको थियो। बिरामीहरूको रगतको नमुना संकलन गरेर जिल्ला अस्पताल डोटीमा परीक्षणका लागि पठाइएको छ। घटनाबारे बुझ्न प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा ७ जनाको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।