Ad Image

खो-खो विश्वकपः पुरुषतर्फ पनि भारतसँग हार्‍यो नेपाल

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737301645.jpg

काठमाडौं । खो-खो विश्वकपको पुरुषतर्फ पनि भारतसँग पराजित हुँदै नेपाल उपविजेता बनेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो ।

यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा दक्षिण एसियाका दुई राष्ट्र भारत र नेपालले अन्य राष्ट्रलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए ।