Ad Image

केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, को कहाँ ?

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737774754.jpeg

काठमाडौं । नेपाल प्रहरीका १७ जना एसपीको सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा गरेको हो । सबैभन्दा आकर्षक मानिने जिल्ला पर्सा प्रहरी कार्यालयमा गौतम मिश्र सरुवा भएका छन् । त्यहाँका कुमोध ढुंगेल प्रधान कार्यालयमा खटाइएका छन् ।

त्यसैगरी बाराको प्रमुख भएर सन्तोष तामाङ गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा अपिल राज बोहरा आएका छन् भने ललितपुरमा नरहरी रेग्मी गएका छन् । इलामको प्रहरी प्रमुखमा एकनारायण कोइराला सरुवा भएका छन् भने नुवाकोट प्रहरी प्रमुखमा दुर्गाराज रेग्मी सरुवा भएका छन् । सिन्धुपाल्चोकमा रामेश्वर कार्की र चितवनमा राजन लिम्बू सरुवा भएका छन् ।