Ad Image

ट्रम्पको आदेश लगत्तै नेपालमा सबै कार्यक्रम रोक्न यूएसएडको पत्र

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737901888.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेलगत्तै त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता एजेन्सी यूएसएडले नेपालका सबै साझेदार संघसंस्था तथा कम्पनीहरुलाई कार्यक्रमहरु रोक्न पत्राचार गरेको छ । अमेरिकी सरकारअन्तर्गतका परियोजनासँग मिलेर काम गरिरहेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई हाल चलिरहेका कार्यक्रम रोक्न आइतबार  जानकारी गराइएको हो ।  

अमेरिकाले अनुदान, ऋण र अन्य सहयोगका सबै कार्यक्रम रोक्न पत्राचार गरिएको कार्यालयले जनाएको छ ।  तत्कालका लागि सबै कार्यक्रम रोक्न इमेल आएको गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले पुष्टि गरे । 

नेपालमा करिब ४०० वटा गैरसरकारी संघसंस्था र कम्पनीसँग यूएसएड र त्यसअन्तर्गतका एसिया फाउन्डेशन, एचकेआई इन्टरनेशनललगायतका संस्था र कम्पनीहरुले साझेदारीमा काम गरिरहेका छन् । अमेरिकी अनुदानका आधारमा नेपाल उसको सहायता पाउने मुलुकमा १६ औं स्थानमा छ । अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा भएको पाँच वर्षे रणनीति सम्झौतामा ६५ करोड ९० लाख अमेरिकी डलर ९७९ अर्ब ७१ करोड रुपैया० अनुदान प्राप्त हुने उल्लेख छ ।