Ad Image

सुनको मूल्यमा वृद्धि, ताेलामा १४०० रुपैयाँ बढ्यो

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738131393.jpg

काठमाडौँ । सुनको मूल्य बुधबार तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो।  

 

अघिल्लो छापावाल सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

 

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।