गृहमन्त्री लेखकको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । दलित युवामाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा अत्याचार भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । बुधवार दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
मङ्गलवार गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार भएको भन्ने समाचार बाहिर आएको थियो । आजै दलित विद्यार्थीहरूले माइतीघरमा बुधवार पत्रकार सम्मेलन समेत गरेका थिए ।