Ad Image

चन्द्रागिरिमा भेडा–बाख्रापालन गर्नुहुन्छ ? पीपीआर खोप लगाउन छुट्नुहोला नि !

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738747215.jpg

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले भेडा बाख्रापालन गर्ने पालिकाबासीहरुलाई निःशुल्क पीपीआर खोप उपलब्ध गराउने भएको छ ।

 

पालिकाले भोलि माघ २४ गतेदेखि भ्याक्सीनेटरहरु पठाएर सबै वडाका कृषकहरुका बाख्रा तथा भेडाहरुलाई निःशुल्क खोप लगाइदिने भएको हो ।  पालिकाले खोप लगाउन नारायण श्रेष्ठ, निमछिरिङ तामाङ र यमलाल मरासिनीलाई खटाएको छ ।

 

पेस्ट डेस पेटिट्स रुमिनेन्ट्स (पीपीआर) बाख्रा र भेडाहरूमा हुने एक तीव्र वा सबएक्युट भाइरल रोग हो जसका कारण पशुहरूमा ज्वरो, नेक्रोटिक स्टोमाटाइटिस, ग्यास्ट्रोएन्टेराइटिस, निमोनिया र कहिलेकाहीं मृत्युसमेत हुन्छ। यो पहिलो पटक १९४२ मा कोट डि’आइवर (आइभरी कोस्ट) मा पत्ता लगाइएको थियो, र पछि पश्चिम अफ्रिकाका अन्य भागहरूमा पनि देखा पर्याे। यो रोगले बाख्रा र भेडाहरू सिकिस्त हुने गरेका छन्।