Ad Image

स्तरवृद्धिको माग गर्दै कविलासी नगरपालिकामा तालाबन्दी, कर्मचारी धर्नामा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738829511.jpg

काठमाडौँ । स्तरवृद्धि नगरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका कर्मचारीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

 

तह र स्तरवृद्धिमा पालिकाले चासो नदिएको भन्दै बुधवारबाट उनीहरुले पाकिलामा तालावन्दी गरेर गेटमा धर्ना दिन थालेका छन् । पुसमै तह र स्तरबृद्धि गर्नुपर्नेमा आनाकानी गरेका कारण आन्दोलनमा उत्रन बाध्य भएको कर्मचारीहरुको भनाइ छ ।

 

पालिकाले तत्काल तह र स्तरबृद्धिका लागि थालेको प्रकृया सक्नुपर्ने उनीहरुको माग छ । पालिकाले सूचना प्रकाशन गरेपछि कर्मचारीले आवेदन दिए पनि नतिजा प्रकाशनमा ढीलाई गरेको कर्मचारीहरुको आरोप छ ।

 

कर्मचारीको आन्दोलनका कारण नगरपालिकाका सबै काम ठप्प भएका छन् ।