Ad Image

अध्यादेश पेस नभइ आइतबार बस्ने गरी राष्ट्रियसभा बैठक सकियो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1738830216.jpeg

काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो ।


बिहीबारको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन‌) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् ।


यसैगरी शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।


यस्तै केही सदस्यहरुले शुन्य समयमा समसामयिक विषयमा आ–आफ्नो धारणा राखे । आजको बैठकमा अध्यादेश पेस गर्ने भनिएपनि राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस भएको बताइएको छ ।