Ad Image

बागमती प्रदेशमा एम्वुलेन्सको भाडादर तोकियो

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738831396.jpeg

हेटौँडा । बागमती प्रदेशका लागि एम्वुलेन्सको भाडादर निर्धारण गरिएको छ ।


बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको हो ।


एम्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दुरी एकदेखि ५ किलोमिटरसम्म मानेर त्यसको भाडादर ३ सय देखि ५ सय सम्म राखी एम्वुलेन्स व्यवस्थापन समितिले लागु गर्ने र गराउने पत्रमा उल्लेख छ ।


तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा माहाशाखा प्रमुख डा. खगेश्वर गेलालद्धारा जारी पत्रमा उल्लेख छ ।


राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार मन्त्रीस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरेको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको छ ।