Ad Image

जसपा नेपालको संसदीय दलको बैठक विनानिष्कर्ष सकियो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1738831741.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारले ल्याएको अध्यादेशसम्बन्धमा निर्णय गर्न बिहीबार संसदीय दलको बैठक बोलाएको थियो । तर सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश बिल पेस नगरेकोले कुनै निर्णय नगरेको एक सांसदले जानकारी दिइन् ।


‘सरकारले अध्यादेश संसदको दुवै सदनमा पेस गर्ने भनिएको थियो । यसबारे छलफल गर्न हामीले कार्यदल बनाएका थियौं । तर अध्यादेश आज दुवै सदनमा पेस नभएकाले यसविषयमा कुनै निर्णय भएन । यसबारे अब अर्को बैठकमा छलफल हुन्छ’, ती सांसदले भनिन् ।


अध्यादेशबारे छलफल गर्न नेता राजकिशोर यादवको नेतृत्वमो अध्ययन कार्यदल गठन गरेको थियो । यादवले अध्ययन प्रतिवेदन संसदीय दलका नेता उपेन्द्र यादवलाई बुझाएको छ । जसपाको समर्थनबिना अध्यादेश राष्ट्रियसभाबाट पारित हुँदैन ।