प्रत्येक दिन बिहान कस्ता व्यक्तिले ब्ल्याक कफी पिउनु हुँदैन ?


काठमाडौं । बिहान उठेपछि ब्ल्याक कफी पिउने बानी हुने धेरै मानिसहरू छन् । वास्तवमा एनर्जी लेभल बढाउनुका लागि मानिसहरू हरेक बिहान कालो कफी पिउन रुचाउँछन् । हरेक बिहान ब्ल्याक कफी पिउनुका फाइदाहरू र हानिहरू के–के हुन्छ र कुन–कुन व्यक्तिहरूले बिहान ब्ल्याक कफी पिउनु हुँदैन भनेर जान्न धेरै महत्त्वपूर्ण छ।
ब्ल्याक कफी स्वास्थ्यको लागि फाइदाजनक हुन सक्छ तर केही व्यक्तिहरूले यसलाई हरेक दिन बिहान खाली पेट वा धेरै मात्रामा पिउनु हुँदैन किनभने यसो गर्दा उनीहरूको स्वास्थ्यलाई थप हानी पुग्न सक्छ।
एसिडिटी र पेटसँग सम्बन्धित समस्या भएका व्यक्तिहरूले ब्ल्याक कफी पिउनु हुँदैन किनभने ब्ल्याक कफीमा क्याफिन र एसिडिक गुण हुन्छ, जसले ग्यास्ट्रिक एसिड बढाउन सक्छ। यसले एसिडिटी, ग्याँस, पेट पोल्ने र अल्सरको समस्या बढ्न सक्छ। पहिलेदेखि नै पेटसम्बन्धी समस्या भएकाहरूले खाली पेटमा ब्ल्याक कफी पिउनु हुँदैन ।
यदी तपाइलाई उच्च रक्तचापको समस्या छ भने तपाईंले ब्ल्याक कफी पिउनु हुँदैन। क्याफिनले अस्थायी रूपमा रक्तचाप बढाउन सक्छ। पहिले नै उच्च रक्तचाप भएका व्यक्तिहरूको लागि यसले मुटुमा दबाब दिन सक्छ। साथै तपाईंले रक्तचापको औषधि लिनुहुन्छ भने डाक्टरको सल्लाह लिएर मात्र ब्ल्याक कफी पिउनु पर्छ ।
त्यसैगरी यदि तपाइलाई अनिद्राको समस्या छ भने ब्ल्याक कफी पिउनु हुँदैन । ब्ल्याक कफीमा पाइने क्याफिनले स्नायु प्रणालीलाई सक्रिय बनाउँछ, जसले निद्रामा बाधा पुर्याउँछ। यदि तपाइलाई राती सुत्न समस्या छ भने बिहान ब्ल्याक कफी पिउनबाट टाढा रहनुहोस् वा यसलाई सीमित मात्रामा लिनुहोस्।
यदि तपाइमा रक्तअल्पता छभने ब्ल्याक कफी नपिउनु होस् । यसले फलामको अवशोषणलाई कम गर्न सक्छ, जसले शरीरमा हेमोग्लोबिनको कमी निम्त्याउन सक्छ। यसबाहेक यो गर्भवती महिलाहरूको लागी राम्रो मानिँदैन। वास्तवमा, गर्भावस्थामा क्याफिनको अत्यधिक खपतले बच्चाको विकासलाई असर गर्न सक्छ।
साथै, मृगौलाको समस्या भएका वा मधुमेहका बिरामीले हरेक बिहान ब्ल्याक कफी पिउनु हुँदैन। ब्ल्याक कफीमा अक्सालेट्स पाइन्छ, जसले मृगौलामा पत्थरीको समस्या बढाउन सक्छ ।
यदि कसैलाई मिर्गौलाको पत्थरी वा पुरानो मृगौला रोग छ भने उसले ब्ल्याक कफीबाट टाढा रहनुपर्छ। यति मात्र होइन यदि तपाइलाई टाइप–२ मधुमेह छ भने चिकित्सकको सल्लाह बिना धेरै क्याफिन सेवन नगर्नुहोस् । ब्ल्याक कफी पनि माइग्रेन र टाउको दुखाइबाट पीडित व्यक्तिहरूको लागि राम्रो विकल्प होइन।