Ad Image

बाबुराम भट्टराई नेतृत्वको नेसपाको प्रथम महाधिवेशन आजदेखि

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739073918.png

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

 

२९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिस्पर्धाको आधारमा चयन हुने  पार्टीकी नेतृ हिसिला यमीले जानकारी दिइन् ।

 

त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्सनको माध्यमबाट चयन गर्ने उनको भनाइ छ । नेसपाले  भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरेको छ ।