Ad Image

मानव विकास सूचकांक सुधार हुँदै गएको छ : परराष्ट्रमन्त्री डा राणा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739105253.jpg

कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा मानव विकास सूचकांक पहिलाभन्दा सुधार हुँदै गएको बताएकी छन् । धनगढी उपमहानगरपालिका–२ कार्यालयको प्रशासनिक भवनको आज उद्घाटन गर्दै मन्त्री डा राणाले मानव विकास सूचकांक सुधार हुन जरुरी रहेको बताइन् । उनले भनिन्, “पूर्वाधारहरुको मात्र होइन, सामाजिक, मानवीय विकासलगायत अन्य सूचकको पनि विकास हुनु जरुरी छ ।”

मन्त्री डा राणाले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक भएको बताइन् । “विकासको प्रक्रिया भनेको आजको भोलि टुङ्गिँदा पनि टुङ्गिँदैन  र अझ बस्ती बढ्दै जान्छ, कहीँ पुरानो बस्ती छुटेको हुन्छ, जसले गर्दा विकासको क्रम चाहिँ हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ”, उनले भनिन् ।