Ad Image

साँखुमा स्कुलबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० घाइते

User Image मेयरसाप डेस्क | ४ महिना अगाडि
Image of storage/news/1739369941.jpg

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ ।

 

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

 

बनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए। दुर्घटनामा घाइते भएकामध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल र एक जनाको नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते रहेका छन्। ३४ जना सामान्य घाइते र चालकको स्तुपा हस्पिटलमा उपचार भइरहेको छ।
 

पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ

१)फिलिप लामा बर्ष १०

 २)प्रजोल थापा बर्ष १०

 ३)भिम तामाङ बर्ष ११

४) राम पररियार  बर्ष  १६

५)सुजन मगर  बर्ष १६

६) सिरिसा  सिवेदि बर्ष १२

७)प्रकाश बम बर्ष १६

८)साधन बिष्ट बर्ष १२

९)आराध्या शाह बर्ष १०

१०) आशिस तामाङ बर्ष १५

११) स्नेहा राइ बर्ष २१

१२)गंगा ज्वति बर्ष ४२

१३)रन्जित थापा बर्ष १३

१४)सुहाना गुभाजु बर्ष  १३

१५)श्रिसान्त पौडेल बर्ष १५

१६)कल्पना  रेज्मि बर्ष ३२

१७)बिकल्प  श्रेष्ठ बर्ष १०

१८)नाइस्का पाण्डे बर्ष २३

१९) सुविता तामाङ  बर्ष १४

२०)निशान्त पौडेल बर्ष १४

२१)सौगात मगर बर्ष १४

२२) अबित खान बर्ष १०

२३)अंकित नेपाल बर्ष १५

२४) रिदम थापा बर्ष १५,  अ.अ कार्य जारी ।

शंखरापुर अस्पतालमा उपचार्थ

१)आदित्य सुनार बर्ष १२/१३

२)धिरज साउद बर्ष १४

 ३) सन्देश गिरि बर्ष १३

४)शुसाङ्क डोटेल उपचारको क्रममा मृत्त घोषणा 

नेपाल मेडोकल कलेजमा  उपचार्थ ;-

१)बर्ष १३ को शक्सेस खड्का

२) बर्ष ३७ कि  गोमा थापा

३)बर्ष १० कि  सनसाइन तामाङ

 ४) बर्ष ९ को निशम राइ

 ५)बर्ष १५ को समिर तामाङ

६) बर्ष १९ को सन्यम महर्जन

७) बर्ष १४ कि रितिका खत्रि

 ८)बर्ष १२ को  जेनिस दाहल

९)बर्ष १५ को अभिषेक मोक्तान

१०)बर्ष १६ को मिनु राइ

११)बर्ष १३ को रोहन अधिकारी

१२)सुबिना तामाङ

१३)नाम वतन नखुलेको १ जना पुरुष (मृत्यु)

१४)रोहन अधिकारी ।

टिचिङ अस्पतालमा उपचारार्थ;-

१) नाम वतन नखुलेको अं. बर्ष १६/१७ को पुरुष मृत्यु

२ बर्ष १६ को प्रबत दाश

३) बर्ष १५ युनिसा थामि

  ४)शुसिला तामाङ